apinampa-logo
नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय

दार्चुला

प्रमुख समाचार

अपी नाम्पा संरक्षण क्षेत्रमा स्वागत छ

 

स्थापनाः २०६७ साल (सन् २०१०) क्षेत्रफलः १,९०३ वर्ग कि.मि. प्रदेश नं. ७ को दार्चुला जिल्लामा पर्ने अपी नाम्पा सरंक्षण क्षेत्रको पूर्वमा बझाङ जिल्ला, पश्चिममा महाकाली नदी उत्तरमा मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिव्वत र दक्षिणमा लास्कु खोला र नौगाड खोला रहेका छन् । नेपाल सरकारले २०६७ आषाढ २८ गते राजपत्रमा सूचना प्रकाशित गरी यस संरक्षण क्षेत्रको स्थापना गरेको हो । वातावरण सुधारमा उल्लेखनीय योगदान पु-याउने, प्राकृतिक स्रोत र जडीबुटीको संरक्षण तथा उपयोग गर्ने र पर्या–पर्यटन विकास गरी विकासका दृष्टिकोणले पछि परेको दार्चुला जिल्लाको उत्तरी क्षेत्रका २१ गा.वि.स. को समुच्च विकास गर्ने उद्देश्यले यस संरक्षण क्षेत्रको स्थापना गरिएको हो । २०६६ मंसिर १६ गते जलवायु परिवर्तनको सम्बन्धमा विश्व समुदायको ध्यानाकर्षण गर्न सगरमाथा राष्ट्रिय निकुञ्जको कालापत्थरमा मन्त्रिपरिषद्को बैठक बसेको थियो । सोही बैठकले यो संरक्षण क्षेत्रको घोषणा गरेको हो । अपि नाम्पा संरक्षण क्षेत्र जैविक विविधताको दृष्टिले अत्यन्तै महत्वपूर्ण र भरिपूर्ण छ । यस क्षेत्रमा अपी हिमाल (७,१३२ मि.), नाम्पा हिमाल (६,७५७ मि.), व्यास हिमाल (६,६७० मि.) लगायत धेरै उच्च हिम शिखरहरू छन् । यस संरक्षण क्षेत्रको उचाई समुद्री सतहबाट ५३९ देखि ७,१३२ मिटरसम्म छ । भारत महादेश (Indian Plate) को उत्तरी किनारा तिब्बत महादेश (Chinese Plate) संग ठोकिने क्रम अझै पनि जारी भएकोले यहाँका भू–भागहरू भिराला र गतिशील छन् । यहाँ सिस्ट, चुनढुंगा र सेडिमेण्ट जस्ता चट्टानहरू हुनाले वर्षातको समयमा पहिरो जाने प्रकृतिको भू–आकृति रहेको छ । यस क्षेत्रमा ग्रेनाइट , पेगमेटाइट , फाइलाइट र क्वारजाइट चटृानहरू पनि पाइन्छन् । यस क्षेत्रमा हिँउ चितुवा, ध्वाँसे चितुवा, कस्तुरी मृग, हाब्रे, रतुवा, घोरल, नाउर, झारल, चितुवा, बाँदर, हिमाली कालो भालु, स्याल, दुम्सी, ब्वाँसो, लंगुर, थार लगायतका वन्यजन्तहुरू पाइन्छन । यस्तै डाँफे , चीर, चिल, च्याखरु , हलसे , भ्याकुर लगायत २०० भन्दा बढी चराका प्रजातिहरू पाइन्छन् । साल, खयर, सिसौ, उत्तिस, बाँझ, गुराँस, गोब्रे सल्ला, कोलिनियल खस्रु लगायत विभिन्न किसिमका वनले यो संरक्षण क्षेत्र रमणीय बनेको छ |

गोपाल बहादुर घिमिरे


बरिष्ठ संरक्षण अधिकृत gopalghimire2011@gmail.com 9858783545

इन्द्र सिंह नगारी


सुचना अधिकारी Indrasinghnagari@gmail.com 9858783546

सूचना

not available

अपिल

वन डढेलो रोकथाम नियन्त्रण सम्बन्धि हार्दिक अपिल

थप पढ्नुहोस् »
not available

बोलपत्र स्विकृत गर्ने आश्यको सुचना

बोलपत्र स्विकृत गर्ने आश्यको सुचना

थप पढ्नुहोस् »
not available

बोलपत्र आह्वानको सुचना

पोष्ट भवन निर्माण कार्यका लागि बोलपत्र आह्वानको सुचना

थप पढ्नुहोस् »

कार्यक्रम

not available

दार्चुला जिल्लास्तरीय वन्यजन्तु अपराध नियन्त्रण इकाईको बैठक

दार्चुला जिल्लास्तरीय वन्यजन्तु अपराध नियन्त्रण इकाई बैठक...

थप पढ्नुहोस् »
not available

विश्व वातावरण दिवश २०८०

विश्व वातावरण दिवश २०८० अवसरमा संचारकर्मीहरूसंग अन्तरक्र...

थप पढ्नुहोस् »
not available

गोरेटो बाटो मर्मत

आ.व. २०७८/०९७ को बार्षिक स्विकृत कार्यक्रम अनुसार गोरेटो...

थप पढ्नुहोस् »