apinampa-logo
नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय

दार्चुला

परिचय

अपी नम्पा संरक्षण क्षेत्र बि. स. २०६७ मा स्थापना भएको हो। उक्त क्षेत्र १,९०३ बर्ग. कि.मि. मा फैलिएको छ। उक्त क्षेत्रको सिमा पश्चिममा भारतसम्म र उत्तरमा चीनसम्म पुग्दछ। अपी नम्पा संरक्षण क्षेत्रले उक्त क्षेत्रको सम्पूर्ण ५ गाउँपालिका र एक नगरपालिकालाई घेरेको छ। यस क्षेत्रको कुल जनसंख्या ६०,००० छ जसमा ५२% महिला र ४८% पुरुष रहेको छ। यस क्षेत्रको नामाकरण दुई हिमालहरु अपी - ७,१३२ र नम्पा - ६,७५७ को संयुक्त समायोजन गरी गरिएको हो। उक्त क्षेत्रमा बिभिन्न प्रजातीका वन्यजीव र वनस्पति पाईन्छ र यहाँका मानव जातीलाई उनिहरुको सांस्कृतिक सम्पदाले झल्काउछ। यहाँका अग्ला हिमश्रृखला हिउँ चितुवाको आवास बनेको छ भने मध्ये-पहाड हिमाली कस्तूरी मृग र हिमाली कालो भालुको आवास बनेको छ। यहाँका बासिन्दाले उपयोगी र धार्मिक प्रयोजनका लागि बिभिन्न प्रजातीका रुख, झाडी र जडिबुटी बिभिन्न उदेश्यले प्रयोग गर्दछन। यस क्षेत्रमा सताब्दी अगी देखीनै बिभिन्न सामाजिक समूहहरू बस्दै आएका छन जसमा ब्राम्हण,क्षेत्री र दलित; र केही सँख्यामा ब्याँसी सौका, मगर र तामाङ रहेका छन।

एक झलकमा अपी नम्पा संरक्षण क्षेत्र

  • बि. स. २०६७ ( इ.स. २०१० )

    स्थापित मिति

    अपी नम्पा संरक्षण क्षेत्र बि. स. २०६७ मा स्थापना भएको थियो जुन दुई भौतिक क्षेत्र: उच्च हिमाल र उच्च पहाडको बिचमा पर्दछ |

  • १,९०३ बर्ग. कि.

    छेत्रफल

    यस क्षेत्रको पूर्ण छेत्रफल १,९०३ बर्ग. कि.मि. रहेको छ जसलाई तल्लो भागमा ठाडो पहाड र नदी उपत्यकाहरुले ढाकेको छ त्यस्तै गरी माथिल्लो भागमा हिमालहरु, हिमनदीहरु र उच्च उपत्यकाहरुले ढाकेको छ |

  • दार्चुला जिल्ला

    स्थान

    अपी नम्पा संरक्षण क्षेत्र दार्चुला जिल्लामा रहेको छ जहाँ खलङा महाकाली (महाकाली नगरपालिकाको एक क्षेत्र) पर्दछ। यस जिल्लाको सदरमुकामले २,३२२ को छेत्रफल पार गर्दछ र यसको कुल जनसंख्या (२०११ को आधारम ) १,३३,२७४ छ |

  • अपी हिमाल (उचाइ: ७,१३२)

    उच्च बिन्दु

    क्षेत्र भित्रकै सबै भन्दा उच्च बिन्दु अपी हिमाल हो जसको उचाइ ७,१३२ छ। यस क्षेत्रको नामाकरन दुई हिमालहरु अपी (७,१३२ र नम्पा (६,७५७ को संयुक्त समायोजन गरी गरिएको हो |

  • ५९६०९ (५२% महिला; ४८% पुरुष)

    जनसंख्या

    यस क्षेत्रको कुल जनसंख्या ६०,००० छ जसमा ५२% महिला र ४८% पुरुष रहेको छ |