Posted on:
यो कार्यक्रम अपि-नाम्पा संरक्षण क्षेत्रमा मध्यवर्ती / संरक्षण क्षेत्र व्यवस्थापन परिषद् मार्फत गरिने कार्यक्रम र सामुदायिक वन व्यवस्थापन कार्यका लागि संचालन भै रहेको छ । आ.ब. २०७८/०७९ का लागि सं.क्षे.व्य.परिषद् तर्फ : चालु बजेट रु. ५१,८४,०००।- रहेको छ । यस कार्यक्रम अन्तर्गत संरक्षण क्षेत्र व्यवस्थापन परिषद् बाट संरक्षण कार्यक्रम, सामुदायिक विकासका कार्यक्रम , सीप विकास तथा आय आर्जन र संरक्षण शिक्षाका कार्यक्रमहरु गरिदै आएका छन् भने सामुदायिक वन व्यवस्थापन अन्तर्गत सामुदायिक वनको विधान तथा कार्ययोजना नविकरणका कार्यहरु गरिंदै आएको छ ।